वर्षौंदेखि ’बत्ती मुनि अध्यारो’ भोग्दै आएकी मोरङ्गको पथरीशनिश्चरे ०४ की ६५ वर्षीया वृद्धा गोपीमाया राईले आफ्नो झुपडीमा हिजो उज्यालो रात काटेकी छिन्।वडा नं ४ को कार्यालयले बिजुलीको मिटर बक्स, तार र बल्व समेत व्यवस्थापन गरी विद्युत् सेवा उपलब्ध गराएपछि उनको झुपडीमा पनि रातै उज्यालो भएको हो।२० वर्ष अघि नै आफ्नै झुपडी अगाडि ठिंङ ठडिएको बिजुलीका पोल र झुण्डिएका तार देख्दा पनि उनको मुहारमा ’ हर्क न विस्मात ’ झैं देखिन्थ्यो ।

यतिका वर्षसम्म उनले बिजुली जोड्ने पैसाकै अभावमा टुकी बालेरै आफ्नो गुजारा चलाउँदै आएकी रहेछिन।भर्खरैमात्र वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेको सकृयतामा वडाकै बजेटबाट अति विपन्न वयोवृद्धा राईको घरको लागि बिजुलीको मिटर बक्स विद्युत अफिसबाट तथा बल्व र अन्य समाग्रीहरू वडा कार्यालयबाट व्यवस्थापन भएपछि मंगलबारदेखि उनको झुपडीमा पनि रातै झलमल्ल बनेको थियो।आफू जस्तै अस्वस्थ , वृद्ध र विपन्नको घरमा पनि उज्यालो बली दिएकोमा वडा अध्यक्ष सहितका जनप्रतिनिधीहरुलाई मुरी मुरी धन्यवाद दिइन् भने आफूलाई पनि निकै खुशी लागेको जनाईन्।सोहि विषयमा वडा अध्यक्ष न्यौपानेले आफ्नो पहलमा विपन्न वर्गकी वयोवृद्धा राईकोघरमा बिजुली बत्ति बाल्न पाउदा आफ्नो “ सानो कामले ठूलो खुसी “मिलेको प्रतिक्रिया जनाएका छन्।