जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरू गरेको छ ।जापान सरकारले गत मंगलबार विकिरणयुक्त प्रदूषित पानी समुद्रमा फाल्ने निर्णय गरेको थियो ।

विकिरणयुक्त पानीले समुद्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै चौतर्फी विरोध भईरहेको छ ।परमाणु बिकिरणबाट प्रदुषित पानीले समुद्री पर्यावरणमा प्रभाव पार्ने र त्यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने चेतावनी जारी गर्दै सबैलाई सचेत रहन जापान सरकारले आग्रह गरेको छ ।

जापानी जनता भने सरकारको निर्णप्रति असन्तुष्ट देखिएका छन् ।पानी फाल्न शुरु गरेसँगै समुन्द्रमा माछा मार्नेहरु, स्थानीय र छिमेकी देशहरुले बिरोध जनाएका छन् ।

टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ ।