भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।भारतीय अन्तरिक्ष अनुसन्धान संस्था ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो ।

अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ ।यसअघि अमेरिका, तत्कालीन  चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् ।

चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो ।उक्त घटनापछि चन्द्रयान–३ अवतरणका लागि वैज्ञानिकले सुरक्षित स्थानको खोजी गरेका थिए ।

अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले आजै बेलुका देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।