कोशी प्रदेश सरकारले मनपरी अनुदान वितरण गरेको पाइएको छ । कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयले एउटै सहकारीको नाममा १९ करोडसम्म अनुदान वितरण गरेको हो ।

विशिष्टीकृत सहकारी संस्थाको नाममा एउटै सहकारीले १९ करोड ३० लाख ४ हजार लगेको छ । माग गरिएको सूचना अनुसार धुलो दूध कारखाना स्थापना कार्यक्रमबाट सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सगरमाथा डेरी विशिष्टीकृत सहकारी सङ्घ लिमिटेडले दुई चरणमा सो रकम लगेको हो ।

आर्थिक वर्ष २०७७÷०७८ मा ८ करोड लगेकोमा आर्थिक वर्ष २०७८÷०७९ मा ११ करोड ३० लाख ४ हजार रकम लगेको छ। कोशी प्रदेश सरकारले दिएको अनुदानमा महालेखाको प्रतिवेदनले यस बारेमा गम्भीर प्रश्न उठाएको छ।