स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका विराटनगरका दुई मेडिकल कलेजसहित कोशी प्रदेशका पाँचवटा स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्ने सूचिबाट हटाइएको छ ।देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउँदा कोशी प्रदेशका पाँच स्वास्थ्य संस्था परेका हुन् ।

स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको बीमा बोर्डले जनाएको छ विराटनगरको नोबेल मेडिकल कलेज, बिराट मेडिकल कलेज एण्ड टिचिङ सेन्टर, झापाको बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (बिर्तामोड), लाइफ लाइन अस्पताल (झापा) र आई केयर सेन्टर(खोटाङ)रहेका छ