कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकाल (५ वर्ष)का लागि पुनः निर्वाचित हुनुभएको जिम्बाबे निर्वाचन आयोग (जेडइसी) ले शनिवार घोषणा गरेको हो ।

जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३ र २४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गर्नुभएको बताउनुभयो ।मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गर्नुभएको चिगुम्बाले बताउनुभयो । जिम्बाबेको कानूनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।