बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तीन सय ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर हुँदैछ । जसमा चार पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेत छन् ।

हिनामिनामा संलग्न रही पक्राउ परेका र अहिले फरारसहितलाई प्रतिवादी बनाएर आज सरकारी वकिल कार्यालयले कीर्ते र सङ्गठित अपराधका दफासहित अदालतमा मुद्दा दायर गर्दैछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई सय ३८ कसुरदार, ४८ जना जग्गाधनी र २१ जना मृतकलाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ ।

२ सय ३८ जनालाई बिगो, कैद र जरिबाना, ४८ जनालाई जग्गा जफत प्रयोजन र २१ जनालाई बिगो मात्रै असुल हुने गरी प्रतिवादी बनाउन राय दिएको छ । ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा कीर्ते कागजपत्रका आधारमा योजनाबद्ध र सङ्गठित रूपमा व्यक्तिको नाममा लगिएको सीआईबीको निष्कर्ष छ ।