गएराति भएको खेलमा वेस्टह्यामले ब्राइटनलाई ३–१ गोलले हरायो । जितसँगै वेस्टह्यामको ३ खेलमा ७ अङ्क भएको छ । समान ७ अङ्क नै रहेको टोटनह्याम दोस्रो र आर्सनल तेस्रो स्थानमा रहेका छन् ।

हिजो भएको खेलमा टोटनह्यामले बर्नमाउथलाई २–० गोलले तथा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई ३–२ गोलले हरायो । ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले एक÷एक तथा आर्सनल र फुलह्यामले २÷२ गोलको बराबरी खेले । अर्को खेलमा एभर्टन उल्भ्ससँग १–० गोलले पराजित भएको छ ।