मोरङको विराटचोक स्थायी घर भएका दर्शन ढकालले २४ जनाभन्दा बढीको उक्त रकम लिएर फरार भएको पीडितहरूले बताएका छन् ।पीडितमध्येका विक्रम पोखरेलकाअनुसार ढकालले सञ्चालन गर्दै आएको दर्शन ट्रेडर्स एण्ड सप्लायर्स नामको किराना पसल सञ्चालन गर्दै आएका थिए ।

तीन दिनका लागि भनेर दर्शनले ४ लाख ८० हजार रुपैयाँ सापट मागेकाले आँफूले दिएको तर १ वर्ष हुन लाग्दा अझै फिर्ता नपाएको अर्का पीडित देवीबहादुर कार्कीले बताए ।

कार्कीले ढकाललाई सुरुवाती समयमा पसल सञ्चालन गर्न सहयोग होस् भन्ने उदेश्यले ३० थान ग्याँसका खाली सिलिण्डर समेत दिएका थिए ।उनले पैसा फिर्ताका लागि पटकपटक आग्रह गरेपछि ढकालले चेक दिएका थिए । तर बैंकमा रकम नभएपछि सो चेक बाउन्स भएको उनले बताए ।