पाकिस्तानमा आजदेखि सुरु भएको एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानको रोचक खेल भईरहेको छ ।
उक्त खेलकुदको दृश्य हेर्न विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित ठूलो जमात खाली जग्गामा बसेर उक्त प्रतितियोगिता हेरिरहेको दृश्य निकै रोचक र क्रिकेटप्रति मोहित देखिन्छ ।
विराटनगर–९ स्थित सेन्ट्रल मल उत्तरतर्फ खाली जग्गामा विराटनगर महानगरपालिकाका मेयर कोइराला, मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल, वडाका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठसहित खेलकुदप्रेमीहरुको ठूलो जमातले हेरिरहेको छ । उक्त स्थानमा क्रिकेट हेर्ने वातावरण वल्र्डलिंकको सहकार्यमा कोशी प्रदेश क्रिकेट संघले खेल हेर्ने व्यवस्थापन मिलाएको क्रिकेट संघले जनाएको छ ।