नेपाल दशनामी सन्यासी आद्य जगत्गुरु शंकराचार्य मठले मठाधिसको ९१ औं जन्मजयन्ती भव्यताका साथ मनाएको छ । कोशी प्रदेशका माननीय सभासद्, धर्म गुरुहरु, सामाजिक अभियन्ता तथा विभिन्न सन्तमहन्त तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुसहित सञ्चारकर्मीको उपस्थितिमा सो जन्मोत्सव मनाइएको छ ।


९१ वर्षको बृद्ध उमेरमा पनि तरुण जोश र जाँगरका साथ मठभित्रका योजना पुरा गराउन लागि पर्नुभएका मठाधिसले यस मठमा आवद्ध रहेका सबैलाई धार्मिक तथा सामाजिक अभियानमा उर्जा थपेको सो मठका कोषाध्यक्ष भेषराज घिमिरे बताउनुभयो । उहाँले भक्तजनको चाहना अनुरुप आएका योजना पुरा निर्माणाधिन रहेको १०८ फुट अग्लो किराँतेश्वरको मुर्ति बनाउन अहोरात्र खट्ने र खटाउने काम भईरहेको बताउनुभयो ।


६ वर्षदेखि अनवरत रुपमा धार्मिक उनन्यनको लागि, विश्वकै पहिलो तपोभूमि प्राचिन हरिद्धारको शृंगारको लागि पूर्व मठाधिस कैलाशनन्द महाराजको परिकल्पना अनुरुपको किराँतेश्वरको मुर्ति दाताहरुकै सहयोगमा बनिरहेको तर शृंगारको काम पुरा गर्न अझै दाताहरुको अभाव देखिएको र उहाँहरुको खोजिमा रहेको घिमिरेले बताउनु भयो ।सो कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।