पढ्न होस् या कमाउन विदेश जानको ताँती नै छ । सहजै जान पाउने हो भने स्वदेशमा बस्नेभन्दा विदेशिन चाहने बढी होलान् । पढ्नका लागि विदेश गएकामध्ये अधिकांश उतै सेटल हुने गरेका छन् ।

विदेशबाट फर्केर आउनेहरू पनि सिकेको सीप सदुपयोग गर्नुको सट्टा घर–घडेरी र गाडी किन्ने अनि शहरमा रमाउनेतिर लाग्छन् ।तर, मोरङको रंगेलीस्थित बिर्ताका प्रविण राजवंशी भने विदेशमा सिकेको सीपको उपयोग गरिरहेका छन् ।

इजरायलमा सिकेको सीप प्रयोग गरेर आफ्नै ठाउँलाई हराभरा बनाइरहेका छन् । उनीसँगै इजरायल गएका अन्य युवाले पेशा नै परिवर्तन गरिरहेका बेला उनी भने कृषिमै रमाइरहेका छन् ।

इजरायलको व्यावसायिक कृषिबाट सीप सिक्ने नेपाली युवाको आकर्षण पनि छ । साना किसान सहकारी संस्थामार्फत उनीहरू त्यहाँ जाने गरेका छन् । त्यहाँ सीप सिक्न साना किसानले आफ्ना सेयर सदस्यका छोराछोरीलाई पठाउने गरेका छन् ।