इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा चलाउन नदिने भएको छ । इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि तीन पाङ्ग्रे ई–रिक्सा चलाउन रोक लगाएको छ । इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारी मात्र उपमहानगरपालिका भित्र चलाउन दिने पनि निर्णय भएको छ । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्व बिच सहमति गरेर निर्णय भएको हो ।।