पथरी समाचारदाता, भदौ-१६ गते माेरङ्गकाे पथरी शनिश्चरे नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई ‘फेरि भेटौला’ कार्यक्रम मार्फत् विदाई गरिएको छ । झापाको कन्काई नगरपालिका सरुवा भई जानुभएका खरेललाई आज नगरपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुले संयुक्त रुपमा ‘फेरि भेटौला’ कार्यक्रम मार्फत् विदाई गरेको हो । लेखा प्रमुख पिताम्बर वस्तीले सञ्चालन गरेका कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य मिना तामाङले राखेकी थिइन । यस्तै अध्यक्षको तर्फबाट वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईले विदाईका शब्दहरु राखेका थिए । विदाई भई सरुवा भएका प्रमुख प्रशासकी अधिकृत खरेलले नगरका जनप्रतिनिधि र कर्मचारीहरुमा धन्यवाद तथा आभार व्यक्त गरे । उनले भन्नुे–‘यस नगरपालिकामा २ वर्ष ४ महिना रहुन्जेल जनप्रतिनिधिहरु र कर्मचारी साथीहरुले गर्नुभएको सहयोग र सद्भावप्रति म सदैव आभारी हुनेछु ।’ यसैगरी नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उप–उपप्रमुख देवीमाया काफ्लेले विदाईका शब्दहरु प्रकट गरेका थिए । प्रमुख तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकामा भर्खरै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।