श्रीकृष्ण जन्माष्टमी पर्व नजिकिँदै गर्दा सर्लाहीका कुमालेलाई मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ । यही भदौ २० गते परेको कृष्ण जन्माष्टमी पर्वका लागि सर्लाहीका विभिन्न ठाँउमा कुमालेहरुले मूर्ति बनाइरहेका छन् । कृष्ण जन्माष्टमी मेला सार्वजनिक स्थान तथा घर घरमा मनाइने भएकाले राधाकृष्णको मूर्तिको माग धेरै हुने गरेको छ । विशेष गरि कृष्ण जन्माष्टमी, गणेश चतुर्थी, विश्वकर्मा पुजा, नवरात्री, छठ पुजा, सरस्वती पुजा तथा मुसहर समुदायले मनाउने भुइया पुजाको समयमा उनीहरुलाई कामको चटारो हुने गरेको हो । तर, मूर्ति बनाउन आवश्यक पर्ने कच्चा पदार्थ पाउन मुश्किल हुादा मूर्ति बनाउने पेशाप्रति नयाँ पुस्ताको आकर्षण घट्दै गएको गुनासो कुमालेहरुको छ ।