मानव धर्म सेवा समितिको आयोजनामा श्री सतपालजी महाराजको उपस्थितिमा बिराट सत्सङ्ग समारोह हुने भएको छ । समितीले आज एक विज्ञप्ती जारी गर्दै विराट सत्संग समारोह आगामी असोज १९ र २० गते सुनसरीको इटहरीमा हुने जानकारी दिएको हो ।

मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको उपस्थितीमा हुने दुई दिवसीय समारोहका लागि तयारी सुरु भैसकेको समितिले बताएको छ । मानव–मानव बिचको प्रेम, सद्भाव, सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया” को प्रेरणा जागृत गराउने उद्देश्यले समारोह आयोजना गरिएको समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताईन् ।

विज्ञान र प्रविधिको उपलब्धि र उपयोगबाट संसारका मानिसले भौतिक सुखलाई प्राप्त गरे पनि अनन्त शान्ति र आनन्द प्रदान गर्न नसकेको समयमा आध्यात्मिक कार्यक्रमले त्यसमा टेवा पुग्ने समितिले विश्वास लिएको छ। ।।