नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति बुधबार बिभिन्न दलका नेता कार्यकर्ता, शुभेच्छुक आफन्तजन लगाएतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
बुधबार एमाले पार्टी कार्यालय च्यासलमा नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गरिएको हो । मंगलबार निधन भएका नेम्वाङका दुवै छोराहरु नेपाल आएका छन् ।
उहाले अन्तिम संस्कार बिहीबार विहान ११ बजे पशुपतिमा राजकीय सम्मानसहित गरिने छ । अन्तिम संस्कारको दिन सरकारले देशैभर सार्वजनिक विदा समेत दिएको छ ।