आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंका गोकर्णेश्वर मन्दिर परिसरमा घुइँचो लागेको छ ।बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् ।

तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र वागमती नदी किनारमा श्राद्ध गर्दछन् ।उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औंसी पनि भनिन्छ ।पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरुको गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा घुइँचो लागेको छ ।