काठमाडौ र ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी टेकु–स्युचाटार ६६ केभी प्रसारण लाइन १३२ केभीमा चार्ज गर्ने कार्यका लागि विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार भदौ २९ गते शुक्रबार बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत रहेको रिङ मेन,ताहाचल,चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक,बागमती, रिङ रोड भैसेँपाटी र टेकु सबस्टेसन अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।