टर्कीमा एक कोइला खानी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।बधुबार खानी भत्किएको सरकारी सञ्चारमाध्यम टिआरटीले जनाएको हो ।जोन्गुल्डक प्रान्तको एरेग्ली जिल्ला नजिकैको सरकारी स्वामित्को टर्किस हार्ड कोल इन्टरप्राइजेजको कोइला खानी के कारणले भत्कियो भन्ने थाहा पानउ नसकिएको बताइएको छ ।जोन्गुल्डकका गभर्नर ओस्मान हासिबेकटासोग्लुले एनटिभी प्रशारकलाई चार कामदारहरु पुरिएको बताउनुभएको थियो । खानीमा २८० जना कामदार रहेको बताइएको छ ।