पाँचथरमा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम घट्न थालेको छ ।घरेलु तथा साना उद्योग कार्यालय पाँचथरका अनुसार अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ को तुलनामा गत आर्थिक वर्ष ०७९÷८० मा उद्योग दर्ता गर्ने क्रम घटेको पाइएको हो ।

अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ मा २ सय २३ वटा उद्योग दर्ता भई ५ सय २५ जनाले रोजगारी पाएका थिए भने राजश्व समेत २१ लाख १७ हजार ४ सय ४३ रुपैया संकलन भएको थियो ।