विराटनगर महानगरपालिकाले तीनजना नगर प्रहरीलाई सेवाबाट हटाएको छ ।जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको हो ।

महानगरपालिका प्रमुख नागेश कोइरालाले आफ्नै नाममा विज्ञप्ती जारी गर्दै नगर प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान बिक्रम श्रेष्ठ र बब्लु केशरीलाई मंगलबारबाट लागुहुने गरि सेवाबाट हटाएको जानकारी दिइएका छन् ।महानगरपालिका क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिने क्रममा गत भदौ २७ गते विराटनगर–७ कोशी अस्पताल अगाडी रहेको स्नेहा फार्मेसीका सञ्चालक समेत रहेका जसपा जिल्ला अध्यक्ष यादवसँग विवाद भएको थियो ।

सिटी सफारीमा लगाइएको लक खोल्न आग्रह गर्ने क्रममा यादवले नगर प्रहरीलाई अभद्र तरिकाले गाली गरेको र त्यसपछि अन्य नगर प्रहरीसहितको टोलीले यादवलाई फार्मेसीबाट निकालेर नगर प्रहरीमा पु¥याएका थिए । घटना मिलेपनि जसपा मोरङले आन्दोलनको घोषणा गर्दै संलग्नहरुलाई हटाउनुपर्ने माग गरेका थिए । भदौ ३१ गतेको वार्तापछि सम्बन्धित नगर प्रहरीलाई कारबाही गर्ने विषयमा महानगरपालिका प्रमुखलाई जिम्मेवारी दिइएको थियो ।मेयर कोइरालाले आर्फैले ड्युटीमा खटाएका कर्मचारीलई अरुले अभद्र व्यवहार गर्दा बचाउमा लाग्नुपर्नेमा उल्टै हटाउने सहमति जनाएका छन् । त्यसको लगतै दुई दिन बित्न नपाउँदै स्पष्टीकरणको म्याद समेत नदिईकन हटाएका छन् ।