इटहरी उपमहानगरपालिकाको कर वृद्धि गरेको विरुद्धमा आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको छ ।
आर्थिक ऐन २०८०/८१ मा उल्लेख भएका कर वृद्धिका प्रावधान विरुद्ध आन्दोलन गरिरहेको रास्वपाले सुरु गरेको हस्ताक्षर अभियानमा अहिले सम्म २७ हजारले हस्ताक्षर गरेका छन् ।

नागरिकले गरेको हस्ताक्षर आइतबार रास्वपाले इटहरी उप महानगरलाई बुझाउने तयारी गरेको छ । साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएर रास्वपाले २३ गतेदेखि आन्दोलन सुरु गरेको हो । ज्ञापन पत्र बुझाउँदा इटहरीका मेयर पौडेलले आपसी सल्लाहमा कर समायोजन गर्ने बाचा दिए पनि त्यसको छलफल नगरेको रास्वपा कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनालीले बताए ।।