भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले जनाएको छ ।सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका धेरैजसो कुटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ । रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको छैन । भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन ।तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कुटनीतिक उपस्थिति पनि जनाएको छैन ।