।फैसला कार्यान्वयन अन्तरगत फरार प्रतिवादी पक्राउ अभियानमा खटिएको सादा पोसाकको प्रहरी टोलीले जिल्ला अदालत सुनसरीको २०७९।१२।२४ गतेको सजाय निर्धारण फैसला आदेशले ज्यान मार्ने उद्योग मुद्धामा ५ वर्ष कैद तोकिएका धरान ७ का ३६ वर्षीय पदम राईलाई पक्राउ गरिएको हो ।

उनलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।पक्राउ परेका राईलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा तोकिएको सजाय भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।