बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका हुन् । शनिवार बलात्कृत भएकी बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।बालिकाको  निरन्तर रक्तस्राव भइरहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो ।चिसापानीबाट रेफर गरिएपछि बालिकालाई उपचारका लागि रातारात उदयपुर लगिएको हो । बालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

नजिकै रहेको आफन्तको घरमा शनिवार खेल्न गएकी बालिका बलात्कृत भएकी हुन् ।बालिका बलात्कार गर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनले मोबाइलमा अश्लील भिडियो देखाएर बालिकालाई बलात्कार गरेको बताइएको छ ।बालिका बलात्कार गरेर लुकिछिपी बसिरहेका राईलाई शनिवार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डीएसपी) पुरुषोत्तम खड्काले जानकारी दिए ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।