शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर ओरालो लागेको छ ।

सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्थाको शेयर साढे सात प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज समता लघुवित्त र घलेम्दी हाइड्रोको शेयर झन्डै आठ प्रतिशतले उकालो लागेको छ ।