आज भएको समूह ‘बी’ को खेलमा नेपाललाई इरानले ४३–१९ अंकले पराजित गरेको हो । यो समूहको अन्तिम खेलमा भोलि इरान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।भोलिको खेलमा बंगलादेश पराजित भए नेपाल सेमिफाइनलमा पुग्नेछ ।

समुहको पहिलो खेलमा हिजो नेपालले बंगलादेशलाई हराएको थियो । सेमिफाइनल पुग्ने टिमले कम्तिमा कास्य पदक जित्ने भएकोले महिला कबड्डीतर्फ नेपालको पदक लगभग पक्का भएको छ