धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६४ रन बनायो । उसका लागि डेविड मलानले १ सय ४०, जोय रुटले ८२ र जोनी ब्रेस्टोले ५२ रन बनाए ।बंगलादेशका मेहदी हसनले चार र शोरिफुल अहमदले तीन विकेट लिए ।

तस्कीन अहमद र शकिब अल हसनले एक एक विकट लिए । पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो भने इंग्ल्याण्ड न्युजिल्याण्डसँग पराजित भएको थियो ।