विद्रोही समूह हमासका अखडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके पछि बमबारीमा परी प्यालेन्टिनी दुई जना पत्रकार मारिएको पुष्टि भएको छ ।

इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार सात सय बढी प्रहार गरेको भन्दै हमासका ७३ वटा कमाण्ड सेन्टर, ४७५ वटा रकेट प्रणाली र २२ वटा भूमिगत अखडा ध्वस्त बनाएको दाबी गरेको छ ।

गाजामा पानी, विजुली, इन्धन, खाद्यान्न लगायतको आपूर्ति बन्द गरेर इजरायलले भीषण बमबारी थालेको हो ।उता, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट अहिलेसम्म ७ सय ४ जना मारिएको भन्दै मारिनेहरुमा १४३ बालबालिका र १०५ जना महिला रहेको जनाएको छ ।

आक्रमणबाट ४ हजार सर्वसाधारण घाइते भएको प्यालेस्टिनी दाबी छ ।