।यौन तथा प्रजनन् स्वास्थ्य तथा लैगिक हिंसा रोकथाम तथा प्रतिकार्य न्युनीकरणका लागि सोमवार समाजिक विकास मन्त्रालयले विराटनगरमा आयोजना गरेको सम्मेलनमा कोशी प्रदेशका ३२ जना महिला संसदहरुले विद्यमान लैगिक हिंसालाई न्यमा झार्न सहयोग गर्न प्रतिबद्ध भएका हुन् ।

सम्मेलनमा सहभागी सांसदहरुले महिला तथा बालबालिका युवा तथा किशोरीहरु अपाङ्गता भएका व्यक्ति, लैगिक तथा अल्पसंख्यक तथा सिमान्तकृत समुदायले भोगिरहेको विभेद र असमानतालाई स्मरण गर्दै कोशी प्रदेशका महिला सांसदहरु लैंगिक हिंसालाई शून्यमा झार्न सक्दो सहयोग गर्ने उपसभामुख सृजना दनुवारले बताइन् ।