इलाम नगरपालिकाको वडा नम्बर ९ का १० जनाभन्दा बढी स्थानीय बाढीमा परी बेपत्ता भएको स्थानीयले बताएका छन् । बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेको स्थानीयले बताएका छन् ।

सिक्किममा सम्पर्क हुन नसक्दा पनि के कति नेपाली नागरिक बाढीमा परे भन्ने निक्र्यौल गर्न नसकिएको बताइउको छ । सिक्किमका सञ्चार माध्यमहरूका अनुसार बाढी प्रभावित क्षेत्रमा ३ हजार भन्दा धेरै पर्यटक अहिले पनि रोकिएका छन् ।बाढीका कारण २२ जना भारतीय सैनिकसहित १ सय बढी अहिले पनि हराईरहेका छन् ।