द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्दार गर्न नेपाल वायुसेवा निगमको एयरबस ३३० लिएर आज राति दुई बजे एनएसीका अप्रेसन डाइरेक्टर (सिनियर क्याप्टेन) श्रवण रिजाल नेतृत्वको टिम तेलअबिब जाँदै छ। त्यहाँ मारिएका १० विद्यार्थीको शबसहित नेपालीलाई लिएर सो विमान भोलि दिउँसो १२ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ।

रिजालले यसअघि २०७३ असारमा काबुलमा मारिएका १२ नेपालीको शवसहित २४ जना नेपालीलाई उद्दार गरी काठमाडौं ल्याएका थिए। काबुलको ऐतिहासिक उडानमा क्याप्टेन श्रवणसँग उनका दाइ सिनियर क्याप्टेन सुवास रिजाल पनि थिए।