बेलबारी नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुले बुधबार पेन डाउन गरेका छन । उनीहरुले कार्यलय मुख्य प्रबेशद्धारमा बसेर नाराबाजी सहित पेनडाउन गरेका हुन । आईतबार हातमा कालो पट्टि बाँधेर उनीहरुले आनदोलन शुरु गरेका थिए । नगरपालिकाका प्रशासन प्रमुख महेन्द्र खड्का (अधिकृत छैठौ) को संयोजकत्वमा सङघर्ष समिती निर्माण गरी उनीहरु आन्दोलित भएका हुन ।

संघीय निजामती ऐनमा स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको माग समाबेश गरि ऐन संसदबाट पारित गर्न माग राख्दै स्थानिय तहका कर्मचारी आन्दोलित भएका हुन ।