“६८ औँ प्रहरी दिवस २०८०” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोल…
बिराटनगर महानगरपालिकाका उप–मेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी अस्पताल बेलबारी र नेपाल रेडक्रस सोसाईटी बिराटनगरको प्राबिधिक सहयोगमा बिराटनगर–९ स्थित ट्राफिक चोकमा कार्यक्रम संचालन भएको हो । कार्यक्रमका प्रमुख अतिथि कार्कीले पहिलो रक्तदाता कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा नेपाल प्रहरीका ५९ जना, नेपाली सेनाका ४ जना, शशस्त्र प्रहरी बल नेपालका १३ जना र ३० जना सर्वसाधारण गरी कुल १०६ जनाले रक्तदान गरेका थिए । साथै सोही स्थानमा प्रमुख अतिथिबाट बैण्ड डिस् प्लेको शुभारम्भ भई कोशी प्रदेश प्रहरी कार्यालयको बैण्ड टोलीले राष्ट्रिय भावहरु झल्किने धुनहरु बजाएर बैण्ड प्रदर्शनी समेत गरेको थियो । साथै ६८ औ प्रहरी दिवश २०८० को अवसरमा कोशी प्रदेश अन्तरगत रहेका प्रहरी कार्यालयहरुले समेत आ–आफ्नो जिल्लामा रक्तदान कार्यक्रम संचालन गरेका थिए ।।