इटहरी । इटहरीमा हरेक वर्ष झै यस वर्ष पनि हर्षबढाईा साथ फुलपाती भित्र्याइएको छ । सार्वजनिक दुर्गा पुजा समारोहद्धारा आयोजित फुलपाती बढाई, शोभा तथा कलशयात्राको आयोजना गरिएको छ । जनता माध्यमिक विद्यालयको खेलमैदानमा बनेको सार्वजनिक दुर्गापुजा मण्डप तथा मेला स्थलबाट सुरु भएको शोभा, कलश यात्रा इटहरी नगर परिक्रमा गरि मनाइको छ । वडादशै अन्र्तगत सप्तमीका दिन आज इटहरीमा आयोजत सो कलश यात्रामा इटहरीबासीसहित जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक अगुवा, पत्रकार, सबै सुरक्षा निकायको सहभागिता रहेको थियो । कलश यात्रा नगरपरिक्रमा गरी पुनः जनताको खेलमैदानमा आएपछि पण्डलाभित्र मातारानीको दुर्गा भगवति माताको मुर्ति अनावरण इटहरी ९ का वडाअध्यक्ष जितेन थापाले गरेका थिए । उक्त कलश यात्रामा विभिन्न जातजातिहरु आ–आफ्नो भेषभुषमा सजिएर उपस्थित भएका थिए । ब्रम्हाकुमारी राज योग सेवा केन्द्रले आकर्षण दुर्गा माताहरुलाई गाडीमा सजाएर कार्यक्रममा सहभागितासहित नगर परिक्रमा गराएका थिए । इटहरीमा उक्त दुर्गा पुजा २ दशक पार गरेर तेस्रो दशक अर्थात २१ वर्षमा प्रवेश गरेको आयोजकले जनाएको छ । सामुहिक रुपमा पुजा गर्न वनाइएको पुजा स्थलमा हरेक वर्ष विधिवत रुपमा वडादशैको सप्तमीका दिन फुलपाती वडाई गर्ने गरीन्छ । यो पुजाको आयोजना गर्दा यस अघि रमेश, राजन, शंकर, शिवकुमार, तिर्थबहादुर, फुपराज, तिलक, नारायण, विजय, चन्द्र र निवर्तमान हर्कराज केसीको अध्यक्षतामा दोस्रो दशक पार गरेर तेस्रो दशकमा पाइला राखेको आयोजकले बताएको छ ।
सामुहिक रुपमा वनाइएको दशैघरमा सत्संङ भवनवाट फुलपाती सहित हर्ष वढाईका साथ पुजारी, नेपाली सेना , नेपाल प्रहरी ,शसस्त्र प्रहरी, स्थानीय सामाजिक संघ सस्थाका प्रतिनिधीहरु व्याण्डवाजा , पञ्चेवाजा , लगायतका नाचगान सहितको टोली दुर्गा पुजा स्थल पुगेर फुलपाती वडाई गरिदै आइएको छ । फुलपाती वडाइका अवसरमा नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी चढाएको थियो । केही वर्ष यता इटहरीमा हुने फुलपाती वडाईमा इटहरीबासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।