नेपालको इतिहासमा शेयरब जारको सुरुवात २०५० सालबाट औपचारिक रुपमा सुरु भएको हो । २०५३ सालबाट गणना गरि कारोबार भएयता हालसम्म विभिन्न आरोह अवरोह लगानीकर्ताले खेप्नु परेको छ । हालसम्म नेप्से परिसुचक गत भदौमा ३२ सय २७ सम्म पुगेको बजार हाल १९ सयमा थामिएको छ । अर्थतन्त्रको ऐनाको रुपमा चित्रण गरिएको शेयरबजारमा भने सरकारी निकायकै कारण शेयरबजारको विकास हुन नसकेको अर्थविदको विश्लेषण छ ।लगानीकर्ताको मनोविज्ञानले सबैभन्दा धेरै महत्व दर्शाउने यो बजारमा चलखेलकै कारण कतिपय लगानीकर्ताले मनग्ये कमाउने गरेका छन् भने कतिपय लगानीकर्ताको सम्पत्ति स्वाहा भएको छ । व्याजदरमा अस्थिरता, मौद्रिक नीति मजबुत नहुनु लगायत अर्थमन्त्रालय र राष्ट्र बैंकबीचको टकराव, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायमा राजनीतिकरण तथा हस्तक्षेपको शिकार लगानीकर्ता परेको छ । कम्पनीको आईपिओ जारी गर्र्ने बेला गरिएका चलखेलले समेत सोझा साझा लगानीकर्ता फस्दै गएको अर्थविद् डा. रमेशकुमार भण्डारी बताउनुहुन्छ ।