एरिना टेलिभिजन संवाददाता
मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला सदरमुकाम गमगढीस्थित बजारबाट प्रहरीले
शंकाका आधारमा ती व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारेको सूचना गोप्य राखेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरीको अनुसन्धान टोली शनिवार मुन्दु गाउँमा पुगेको हो ।शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।घटना बुधबार साँझ घटेको भएपनि प्रहरीले ढिला गरी जानकारी पाएकाले अनुसन्धान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।शव शनिबार जिल्ला अस्पतालमा ल्याइए पनि पोस्टमार्टम हुन सकको छैन ।