इकाई मार्फत ५० देखि शतप्रतिशतसम्म छुट पाउने व्यवस्था भएकोले सर्वसाधारणले त्यस्तो सुविधा उपभोग गरेका हुन् ।स्वास्थ्य बिमा पनि गर्न नसक्ने विपन्न परिवारका बिरामीलाई सामाजिक सेवा इकाईले दिएको सुविधाले ठूलो राहत मिलेको छ ।

सामाजिक सेवा इकाई मार्फत एक वर्षको अवधीमा २ हजार ७३७ जनाले सेवा लिएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।सूचना अधिकारी खत्रीका अनुसार जिल्ला अस्पतालमा सामाजिक सेवा इकाईमार्फत सेवा लिनेमा ज्येष्ठ नागरिक १६ सय ५७ जना, आर्थिक रूपमा अति विपन्न ७१५ जना र लैङ्गिक हिंसा पीडित ६३ जनाले छन् ।

त्यस्तै साउन महिना यता ६७५ जनाले यो सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । सामाजिक सेवा इकाईमार्फत प्रदान गरिएको उपचार सेवामा संखुवासभा अस्पतालको ३७ लाख १० हजार ३४२ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।

जसमध्ये संघीय र प्रदेश सरकारबाट ३० लाख र अस्पताल विकास समितीबाट ७ लाख १० हजार ३ सय ४२ रुपैयाँ खर्च भएको छ ।विभिन्न लक्षित समूहका बिरामीले स्वास्थ्य उपचारको लाभ लिएका छन् ।

अस्पतालले सम्बन्धित लक्षित समूहको प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गर्ने गरेको जिल्ला अस्पतालले जनाएको छ।