सोमबार साँझ मे १ च ४६२३ नम्बरको एम्बुलेन्सको ठक्करबाट ६९ वर्षे सिता साह कलवारको मृत्यु भएको हो ।विर्तामोड १ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगत अदुवा पुलमा पैदल यात्रा गरिरहनुभएकी कलवारलाई श्री सिद्धदेवी कृषि सहकारी संस्था इलामको नाममा रहेको एम्बुलेन्सले ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते हुनुभएकी उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा त्यहीँ मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।प्रहरीले दुर्घटना गराउने एम्बुलेन्स र इलाम माइजोगमाई ३ का ३६ वर्षे सुजन प्रधानलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बिश्राम….