दिउँसो ४ बजे गुटेरेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।बैठक शुरुभएसँगै गुटेरेसले सम्बोधन गर्ने तालिका रहेको छ ।

संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको पनि अभिलेख राख्ने जनाइएको छ ।गुटेरेस आज अन्नपूर्ण आधार शिविरबाट लुम्बिनी हुँदै काठमाडौं फर्किएपछि संसद्को संयुक्त सदनलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

चार दिनको भ्रमणमा नेपाल आइपुग्नु भएका गुटेरेस भोलि बेलायत जानुहुनेछ ।