खेल नेपाली समय अनुसार महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले सेमिफाइनलको यात्रा निश्चित गर्ने छ ।दक्षिण अफ्रिका ६ मध्ये ५ जितसहित अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

न्युजिल्याण्ड ४ जितसहित तेस्रो स्थानमा छ । एकदिवसीय विश्वकपमा दुई टोलीबीच अहिलेसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले दुई वटा खेल जितेको छ ।दक्षिण अफ्रिकाले पछिल्लो ५ विश्वकपमा न्युजिल्याण्डसँग खेलेका सबै खेलमा हार बेहोरेको छ ।

यसैबीच हिजो भएको खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको छ । प्रतियोगितामा लगातार ४ खेलको
हारपछि पाकिस्तानको यो पहिलो जित हो । पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।