भेटमा समान्ताले अमेरिकी सरकारकातर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवम् मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि लगानी सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गर्नुभयो ।युएसएआईडीको मुख्यालय वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत छ दशकभन्दा लामो समयदेखि युएसएआईडीले पु¥याएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँहरुबीच दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा पनि चर्चा भएको थियो ।