एरिना टेलिभिजन संवाददाता /
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सचेतक लेखकले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरु बेठिक हुन् भन्ने किसिमले प्रायोजित रुपमै आक्रमण भइरहेको बताउनुभयो ।
उहाँले यो संविधान र व्यवस्था असफल भए मुलुक खतरामा जाने दाबी समेत गर्नुभयो । लेखकले संविधान सफल बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।
सचेतक लेखकले संविधान सफल गर्नका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरु संविधानको सुरक्षाका लागि र व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी रहेको जिकिर गर्नुभयो ।
यो संविधान असफल गर्ने छुट हामीसँग नभएको र संविधान असफल भयो भने मुलुक अफ्ठ्यारोमा पुग्न सक्ने भएकाले यो संविधान सफल गर्न लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने उहाँको भनाइ छ ।
यो व्यवस्था र संविधान ल्याउने पुराना राजनीतिक दलहरु बेठिक हुन् र यी अब काम लाग्दैनन् भन्ने एउटा प्रायोजित भाष्य तयार गर्ने प्रयत्न भइरहेकाले अब राजनीतिक दलहरु यो संविधानको सुरक्षाका लागि र यो व्यवस्थाको सुरक्षाका लागि एक ठाउँमा उभिन जरुरी भएको लेखकले बताउनुभयो ।
प्रमुख सचेतक लेखकले प्रायोजित षड्यन्त्रलाई चिर्न सबै दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।