भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा घाइतेको उपचार गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले स्वास्थ्यकर्मी र उपचार सामग्री पठाएको छ । तर घाइतेको संख्या बढिरहेको र सीमित स्वास्थ्यकर्मीले उपचार गर्नुपर्ने भएकाले व्यवस्थापनमा कठिन भएको कर्णाली स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा. रविन खड्काले जानकारी दिए । भूकम्पबाट घाइतेको उपचारमा शुक्रबार रातिदेखि खटिरहेका स्वास्थ्यकर्मीलाई कसरी पालो दिने भन्ने विषयमा छलफल भइरहेको पनि उनले बताए ।।