उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट पाँच÷पाँच करोड तत्काल पठाउने निर्णय भएको बताउनुभएको छ । शनिबार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवाला सहितको बैठकले सो निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले सरकारले घाइतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।।