उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गैंडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताउनुभएको छ । उहाँले पछिल्लो समय नेपालमा गैंडा र बाघको तस्करी बढीरहकोप्रति दुःख व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवले वन क्षेत्रका प्रमुख चुनौति दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताउनुभयो ।।